Tuesday, August 22, 2017
Home > नेपाली समाचारहरु > मनोरञ्जन > कुकुर जसरी बाँच्ने यी युवतीको सोख, डोरीले बाँधेर व्वाइफ्रेन्डले घुमाउँछन्

कुकुर जसरी बाँच्ने यी युवतीको सोख, डोरीले बाँधेर व्वाइफ्रेन्डले घुमाउँछन्

मानिसका सोख विचित्रका हुन्छन् । तर, यी युवतीको जस्तो विचित्र सोख सायदै कसैको होला ।

न्यूयोर्कको स्टेटन आइल्याण्डमा बस्ने २३ वषिर्या अन्ना तेसूको सोख हो कुकुर जसरी बाँच्नु । आफ्नो सोख पुरा गर्न उनले कुनै कसर बाँकी राखेकी छैनन् । उनी कुकुरले झैं घाँटीमा डोरी बाँधेर घुम्ने गर्छिन् ।

अन्ना १३ वर्षकी हुँदादेखि कुकुर जस्तो जीवन बाँच्ने भुत सवार भएको हो । ठूली भएपछि उनले यो सोखबारे आफ्नो व्वाइफ्रेन्डलाई बताइन् । उनले आफूलाई कुकुरलाई जस्तो व्यवहार गर्न आग्रह गरेपछि व्वाइफ्रेन्ड नाथन रिलीले पनि सहमति जनाए । त्यसपछि अन्नालाई नाथनले घाँटीमा डोरीले बाँधेर डोहार्‍याउँदै हिँड्न थाले । पहिलोपटक यो जोडीलाई यस्तो हालतमा एउटा सपिङ मलमा देख्दा मानिसहरु स्तब्ध भएका थिए । उनीहरुको वरिपरी भिड जम्मा भएको थियो ।

अरुले जस्तो नजरले हेरे पनि यो जोडी आफ्नो हर्कतबाट खुशी छ । उनीहरु आफूलाई खुबै रोमान्टिक ठान्छन् । अन्ना आफूलाई व्वाइफ्रेन्डले डोर्‍याएर हिडिरहेको फोटो गर्वसाथ फेसबुकमा पोष्ट गर्छिन् । उनको मानसिक सन्तुलन ठिक नरहेको थाहा भएको छ । सन् २०१५ मा अन्नाविरुद्ध एउटा मुद्दा दर्ता भएको थियो जसको अनुसन्धानका क्रममा पत्ता लागेको थियो कि उनी मानसिक रुपमा स्वस्थ छैनन् । उनका वकिलले अदालतमा अन्ना मानसिक रोगी भएको र उनको चालढाल विचित्रको रहेको बताएका थिए ।

हालै अन्नाले व्वाइफ्रेन्ड फेरेकी छिन् । उनले नयाँ व्वाइफ्रेन्डसितको फोटो फेसबुकमा पोष्ट गरेकी छिन् । यी फोटोमा पनि उनी कुकुरकै जस्तो हालतमा देखिन्छिन् । अन्नाले घरमा आफ्नो लागि एउटा खोर समेत बनाएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

Comments

comments

Leave a Reply

%d bloggers like this: