Wednesday, August 23, 2017
Home > नेपाली समाचारहरु > समाचार > धुर्मुस–सुन्तलीले बनाएजस्तै गोरखामा पनि बन्यो ८१ घर

धुर्मुस–सुन्तलीले बनाएजस्तै गोरखामा पनि बन्यो ८१ घर

काठमाडौं । धुर्मुस–सुन्तली फाउण्डेशनले जस्तै कोरियास्थित बेर वल्र्ड नामक संस्थाले गोरखामा ८१ वटा घर निर्माण गरेको छ । गोरखाको श्रीनाथकोट गाविस–३ डाँडाँगाउँको दलित समुदायमा ८१ वटा घरसहित धारो, चर्पी र घरघरमा बाो निर्माण गरेको हो ।

सोही स्थानमा एक प्रावि स्कुल पनि निर्माण गरिदिएको छ । बुद्दीकल्याण प्रावि स्कुल करिब ५१ लाख लागतमा बनाइएको अनुग्रह सामुदायिका विकास केन्द्रले जानकारी दिएको छ ।
उक्त संस्थाले अनुग्रह सामुदायिक विकास केन्द्रको सहयोगमा भूकम्पले क्षति पुर्याएको दलित समुदायमा भूकम्पपीडितको अवस्थालाई मध्यनजर गर्दै घर बनाइदिएको स्थानीय रण बहादुर बसेलले जानकारी दिए ।
आगामी दिनमा अनुग्रह सामुदायिक विकास केन्द्र गोरखाले सोही ठाउँमा स्वास्थ्य, कृषि र जनचेतनासम्बन्धी कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।

 

स्रोत: न्युज२४ 

Comments

comments

Leave a Reply

%d bloggers like this: