Thursday, July 20, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > बालिका बलात्कारको आरोपमा बृद्ध पक्राउ

बालिका बलात्कारको आरोपमा बृद्ध पक्राउ

दर्लिङ-१ कुसुम खरियाका ६४ वर्षीय बलबहादुर परियारले स्थानीय १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले शनिबार पक्राउ गरेको छ ।

ती बालिकालाई शुक्रबार राति घर नजिकैको बारीको कान्लोमा करणी गर्दै गरेको अवस्थामा स्थानीयले देखेपछि परियारलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय भिमगिठेबाट प्रहरी खटाएर पीडित बालिकालाई उद्वार र परियारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बागलुङतर्फ ल्याइँदै गरिएको डिएसपी अनिल खड्काले बताए ।

‘पिडक परियार र पीडित बालिकालाई समेत आफन्तको साथ लगाएर बागलुङतर्फ ल्याइँदै गरिएको छ,’ डिएसपी खड्काले भने, ‘दोषी परियारलाई आवश्यक कानुनी कारबाही प्रकृया अघि बढाउने छौं ।’

पीडित बालिकालाई पूर्ण सुरक्षित महसुस गराउने वातावरण सृजना गर्नको लागि आफूहरुले सतर्कता अपनाएको डिएसपी खड्काले बताए ।

घटनास्थलबाट सदरमुकाम बागलुङतर्फ आउन सवारी साधनमा ८/९ घण्टा समय लाग्ने उनले बताए ।

 

स्रोत: कान्तिपुर दैनिक

Comments

comments

Leave a Reply

%d bloggers like this: