Wednesday, August 23, 2017
Home > नेपाली समाचारहरु > समाचार > भगवान् शिवलाई पाउन स्नातकोत्तरकी छात्राद्वारा आत्मदाह, सुसाइड नोटमा लेखिन् यस्तो

भगवान् शिवलाई पाउन स्नातकोत्तरकी छात्राद्वारा आत्मदाह, सुसाइड नोटमा लेखिन् यस्तो

‘म शिवभक्त हुँ । यो जन्ममा शिवलाई पाउन सकिनँ । हे, माता पार्वती मैले अर्को जन्ममा भगवान शिवालाई प्राप्त गर्न सकूँ भनी आशिर्वाद दिनुहोस् । ’ सुसाइड नोटमा यस्तो लेखेर स्नातकोत्तर अन्तिम वर्षमा पढ्ने २५ वर्षीया एक भारतीय युवती अनिषा शर्माले आत्मदाह गरेकी छिन् । शुक्रबार बेलुकी अनिषाले मन्दिर परिसरमा बनेको स्नाघरमा मट्टीतेल खन्याएर आफूलाई जलाएकी छिन् ।

– वरिपरिका मानिसले दिएको जानकारीपश्चात् घटनास्थलमा पुलिसको उपस्थितीपछि छानबिन सुरु भएको छ ।

– पुलिसले घटनास्थलमा ती युवतीले लेखेको सुसाइड नोट पनि भेटेका छन् ।

– ती युवतीका परिवारले यस विषयमा केही बताउन अस्विकार गरेका छन् ।

– ती युवतीका परिवार पुलिसमा समेत यसबारे जानकारी दिन चाहन्नन् ।

पाँच बहिनी र एक भाइ भएको परिवारमा अनिषा जेठी सन्तान थिइन् । आत्मदाह गर्नुपूर्व उनले शिव मन्दिर आसपासका सबै भगवानको दर्शन गरेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसको केही समयपछि स्नान घरबाट आगो निस्किरहेको देखेपछि स्थानीय घटनास्थलमा पुग्दा अनिषाको डढेको शव त्यहाँ भेटिएको बताइयो ।

स्थानीयलाई विश्वास गर्ने हो भने अनिषा विगत थुप्रै वर्षदेखि डिप्रेशनमा थिइन् र उनको उपचार चलिरहेको थियो ।

ती युवतीका परिवारले उपचारका साथै उनलाई झारफुक पनि गरिरहेको बताइएको छ ।

स्थानीय सरपंच विजय कुमारका अनुसार अनिषा पढ्न निकै अब्बल थिइन् ।

 

स्रोत: एजेन्सी

Comments

comments

Leave a Reply

%d bloggers like this: