Tuesday, June 27, 2017
Home > नेपाली समाचारहरु > समाचार > दरवारबाट बाहिरिएका हौं तर जनता र राष्ट्रियताप्रतिको जिम्मेवारीबाट पन्छिएका छैनौ : पूर्व राजा ज्ञानेन्द्र

दरवारबाट बाहिरिएका हौं तर जनता र राष्ट्रियताप्रतिको जिम्मेवारीबाट पन्छिएका छैनौ : पूर्व राजा ज्ञानेन्द्र

पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकमा शान्तिप्रिय जनताबीचको एकता विथोल्ने र देशको सार्वभौमसत्ता कमजोर पार्ने कार्यहरु भएको भन्दै चिन्ता एवं चासो प्रकट गर्नुभएको छ ।  राज्य संयन्त्रहरूलाई दूर्वल तूल्याउने भौगोलिक एवं क्षेत्रीय अखण्तामाथि प्रहार गरेर उनीहरुले नेपाली जनताबिरुद्ध अक्षम्य अपराध गरेको शाहको भनाइ छ ।

२ सय ९५ औं पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा आज विज्ञप्ति निकाली पूर्वराजा शाहले भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयास समेत भएको दुख व्यक्त गर्नु भएको छ ।   राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा पर्नु सबै देशभक्त नेपालीका लागि गंभिर चिन्ताको विषय बनेको विज्ञप्तिमा उल्लेख छ ।

शाहले दरबार छाडे पनि जनता र राष्ट्रपतिको जिम्मेवारीबाट आफू कहिल्यै मुक्त नभएको जनाउनु भएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको मुलुकमा तत्कालिक परिस्थिति समेतलाई दृष्टिगत गरी नारायणहिटी राजदरवारबाट बाहिरिएका हौं तर जनता र राष्ट्रियताप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं ।’

उहाँले घुमाउरो पारामा मुलुक विदेशीको क्रिडास्थल भएकोमा आपत्ति जनाउनुभएको छ । दरबारबाट आफू बाहिरिएको दशक नवित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक स्थितिमा पुगेको शाहले उल्लेख गर्नुभएको छ ।

 

विज्ञप्तिमा भनिएको छ, ‘देश कसैको क्रिडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन ।’ विश्व समुदाय, समृद्धि प्राप्तिका लागि प्रतिस्पर्धामा होमिंदा नेपाल भने थप विपन्नतातर्फ अग्रसर हुँदै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।

 

स्रोत: रेडियो कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: