Monday, September 25, 2017
Home > नेपाली समाचारहरु > मनोरञ्जन > रोगीलाई सेक्सका लागि सरकारी मद्दतको माग

रोगीलाई सेक्सका लागि सरकारी मद्दतको माग

अपाङ्ग र गम्भीर रोगका बिरामीले यदि पैसा दिएर सेक्स गर्छन् भने उक्त पैसा सरकारले फिर्ता दिनुपर्ने जर्मनीका एक सांसदले माग गरेकी  छिन् ।

जर्मनीको ग्रीन पार्टीकी प्रवक्ता एलिजाबेथ स्करफेनबर्गले यस्तो माग गरेकी हुन् ।

यसका लागि बिरामीले आफूलाई चिकित्सकीय रुपमा सेक्सको आवश्यकता परेको र यौनकर्मीलाई दिनका लागि आफूसँग पैसा नभएको पुष्टि गर्नुपर्ने उनले बताएकी छिन् ।

सांसदसमेत रहेकी एलिजाबेथले वेल्ट एएम सोनट्याग पत्रिकाले भनिन्, ‘मलाई लाग्छ सेक्स गर्नका लागि स्थानीय आधिकारीहरुलाई आर्थिक मद्दत दिनुपर्छ ।’

जर्मनीमा सन् २००२ देखि वेश्यावृत्तिले कानूनी मान्यता पाएको छ ।

वेल्ट एएम सोनट्याग पत्रिकाले थुप्रै यौनकर्मीहरुले नर्सिङ होममा आफ्नो सेवा दिइरहेको जानकारी दिएको छ ।

नर्सिङ होममा सेक्स सम्बन्धि सल्लाह दिने व्यक्तिका अनुसार यौनकर्मी बिरामीका लागि कुनै ‘बरदान’ भन्दा कम थिएनन् ।

नेदरल्याण्डमा उपचारका लागि हुने खर्चको रुपमा सेक्समा हुने खर्चलाई पनि समावेश गरिन्छ ।

र यसलाई सरकारबाट फिर्ता लिनका लागि दाबी गर्न सकिने प्रावधान पनि रहेको छ ।

श्रोत: बीबीसी

Comments

comments

Leave a Reply

%d bloggers like this: