Monday, September 25, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > उच्च अदालतमा ८० न्यायाधीश नियुक्त (सूचीसहित)

उच्च अदालतमा ८० न्यायाधीश नियुक्त (सूचीसहित)

पुस २९, २०७३- न्यायपरिषदले उच्च अदालतका लागि विभिन्न क्षेत्रबाट ८० जना न्यायाधिशको नाम सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश सुशिला कार्कीको अध्यक्षतामा बसेको परिषद बैठकले कानून, सरकारी वकिल र न्याय प्रशासनबाट ५ जना, हालका जिल्ला न्यायाधीशहरुबाट ३४ जना, यसअघि नै पुनरावेदन अदालतहरुबाट अवकाश पाएका अतिरिक्त न्यायाधीशहरुबाट १० जना, न्याय प्रशासनका सहसचिव सरहका सहरजिष्ट्रार र कानून सहसचिवबाट ६ जना, कानून व्यवसायीबाट २५ जनालाई नियुक्त गरेको हो ।

शुक्रवारबाट अवकाश पाउने सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश तथा न्यायपरिषद सदस्य बैजनाथ उपाध्यायले बैठकमा उपस्थित भएपनि निर्णयमा हस्ताक्षर गरेनन् । नेपाल बारको सिफारिसमा न्यायपरिषद सदस्य भएका रामप्रसाद सिटौला भने बैठकमा सहभागी थिएनन् । परिषद अध्यक्ष कार्कीसहित प्रधानमन्त्रीको सिफारिसमा सदस्य भएका पदम बैदिक र न्यायपरिषदको पदेन सदस्य हुने कानूनमन्त्री अजय शंकर नायकको बहुमतले सिफारिसको निर्णय गरेको हो ।

 

स्रोत: कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: