Saturday, November 18, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > आगामी चैत देखि राजधानीका साना सवारी साधान विस्थापित हुने

आगामी चैत देखि राजधानीका साना सवारी साधान विस्थापित हुने

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ । विभागले उपत्यकामा सवारी साधनको अत्यधिक चाप बढेको भन्दै माइक्रोबस, मिनी माइक्रो लगायत चारपाङ्ग्रे साना सवारी साधन विस्थापन गर्ने तयारी गरेको हो ।

अत्याधुनिक सुविधा सम्पन्न केही ट्याक्सी भने सञ्चालन गरिने विभागले जनाएको छ । विभागले ती सवारी सञ्चालकलाई सुविधा उपलब्ध गराएर आगामी चैतदेखि साना सवारी हटाउने कार्य सुरु गरिने तयारी गरेको छ ।

करिब एक वर्षको समय अवधिमा ५० प्रतिशत सवारी विस्थापित गरिने अनुमान विभागले गरिएको छ । त्यसैबिच, आगामी फागुनको तेस्रो हप्तादेखि २० वर्ष पुगेका सरकारी तथा निजी सवारी साधनलाई पनि विस्थापित गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।

स्रोत: रेडियो कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: