Wednesday, November 22, 2017
Home > नेपाली समाचारहरु > समाचार > डेन्ड्राइड सुँघ्ने पैसाका लागि १६ वर्षे किशोरले गरे सैनिक जवानको हत्या

डेन्ड्राइड सुँघ्ने पैसाका लागि १६ वर्षे किशोरले गरे सैनिक जवानको हत्या

बिहीबार काठमाडौंको बाफलस्थित पुलमा एक व्यक्ति मृत अवस्थामा भेटिए । बिहानै सडकमा ढलिरहेको अवस्थामा भटिएका व्यक्ति सैनिक जवान युवराज घिमिरे थिए ।

घिमिरेको हत्या भएको देखिएपछि स्वयम्भु र कालिमाटी बृतको टोलीले अनुसन्धान अगाडी बढाएको थियो । अनुसन्धानका क्रममा सडक वालकहरुले लागुऔषध खाने पैसाको लागि घिमिरेको हत्या गरेको खुलेको छ ।

स्यम्भु बृतका डीएसपी कोमल शाहका अनुसार राति १० बजे स्युचारटार स्थित घर जाँदै गरेको अवस्थामा सडकमा सुतिरहेका तिन जना वालकहरुले घिमिरेको हत्या गरेका थिए । हत्याको आरोपमा गोरखा चनौदीका वर्षीय पवन कार्की, सर्लाही नयाँ रोडका रोशन परियार, बैतडीका कविन्द्र बोहरालाई पक्राउ गरेको छ ।

पक्राउ परेका तिनै जना १६ वर्ष उमेरका किशोर हुन् । डीएसपी शाहका अनुसार बोहराको खासै संलग्नता देखिएको छैन भने अरु दुइ जना घटनाका मुख्य आरोपीहरु हुन् ।

लागुऔषधका लागि हत्या

सडकमै सुत्ने गरेका परियार र कार्कीले डेन्ड्राइड सुँध्ने पैसा नभएपछि घिमिरेको हत्या गरेको बयान दिएका छन् ।

‘साँझ सडकमा रक्सी खाएर जो आउँछ, उसैलाई लुटने योजना बनाएर बसेका रहेछन् । घिमिरे त्यही बाटो घर जाँदै गर्दा मारिएको देखिन्छ’ डीएसपी शाहले भने ।

सुरुमा रोकेर लुट्न खोजे पछि घिमिरेले प्रतिवाद गरेको देखिए पनि तीन जनालले समातेर टाउकोमा ढुंगाले प्रहार गरेका थिए । घिमिरे ढलेपछि उनको साथमा भएको ल्यापटप, मोबाइल र पर्स लिएर तीनै जना फरार भएका थिए ।

प्रहरीले लुटेको मोबाइल खरिद गरेको आरोपमा मोबाइल पसल सञ्चालक रुपेश श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।

 

स्रोत: अनलाइनखबर

Comments

comments

Leave a Reply

%d bloggers like this: