Saturday, September 23, 2017
Home > नेपाली समाचारहरु > समाचार > ३३ किलो सुनकाण्डमा भन्सारका नायव सुब्बा पक्राउ

३३ किलो सुनकाण्डमा भन्सारका नायव सुब्बा पक्राउ

काठमाडौं– गत पुस २१ गते सिआईबीले नियन्त्रणमा लिएको ३३ किलो अबैध सुन एयरपोर्टबाट पास गराउन भुमिका खेलेको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले नासु श्याम श्रेष्ठलाई विमानस्थलबाट नियन्त्रणमा लिएको भन्सारका एक अधिकारीले रातोपाटीलाई जानकारी दिए ।

प्रहरीले यसअघि सीआईबीले त्रिभुवन विमानस्थल भन्सारको एक्सरे मेशिन टेक्निसीयनका रुपमा कार्यरत राजकुमार ढकाल र तथ्यांक अधिकृत श्रीनारायण यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

दुबईबाट सुन लिएर आएका गोपाल बहादुर शाही तथा सुन रिसीभ गर्न पुगेका दिलबन्धु थापा र सन्तोष काफ्लेलाई केन्द्रिय अनुसन्धान ब्युरोकी एसपी मिरा चौधरीको कमाण्डमा खएिको प्रहरी टोलीले उसै दिन नियन्त्रणमा लिएको थियो ।

उनीहरुको बयानका आधारमा काभ्रेको चलाल गणेशस्थान–५ घर भएका राजन कार्कीलाई खोपासी र अर्का एक जनालाई पनि प्रहरीले काठमाडौंबाट पक्राउ गरेर अनुसन्धान गरिहेको छ ।

३३ किलो सुन काण्डमा हालसम्म ८ जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध प्रहरीले ‘संगठीत अपराध’ मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

 

स्रोत: रातोपाटी

Comments

comments

Leave a Reply

%d bloggers like this: