Tuesday, August 22, 2017
Home > नेपाली समाचारहरु > स्वास्थ्य > कुकुरले गाई टोक्यो, गाईको दूध पिउने ८० जना बिरामी

कुकुरले गाई टोक्यो, गाईको दूध पिउने ८० जना बिरामी

काठमाडौं, १० माघ — भारतको महाराष्ट्र राज्यमा एक झुण्ड कुकुरले गाईलाई टोकेका छन् । पछि त्यो गाईको दूध पिउने लगभग ८० जना बिरामी परेका छन् ।

गाईलाई रेबिजग्रस्त कुकुरले टोकेको पाइयो । रेबिजको संक्रमण गाईको दूधमा पनि फैलिएको थियो । शनिवार बेलुका भएको यस घटनाका बारेमा दूध पिउने मानिसहरूले लगातार बान्ता गरेपछि पत्ता लाग्यो ।

बिरामीहरूको हालत अझै गम्भीर रहेको बताइएको छ । उनीहरूको उपचार भइरहेको छ ।

औरंगाबादका जिल्ला अधिकारी विश्वम्भर गवान्डेका अनुसार दुईवटा गाईको दूध पिएपछि मान्छे बिरामी भएको पाइयो । ती गाईलाई रेबिज लागेका कुकुरहरूले टोकेका रहेछन् ।

गाईहरूको पनि उपचार चलिरहेको छ ।

एजेन्सी

Comments

comments

Leave a Reply

%d bloggers like this: