Tuesday, November 21, 2017
Home > नेपाली समाचारहरु > मनोरञ्जन > ट्रम्पले राष्ट्रपति पदको शपथ खाएको खुसीयालीमा काठमाडौंमा उत्सव !

ट्रम्पले राष्ट्रपति पदको शपथ खाएको खुसीयालीमा काठमाडौंमा उत्सव !

डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको सपथ खाएसँगै नेपालमा खुसीयाली मनाउँदै एक रोचक कार्यक्रमको आयोजना गरिएको छ ।

शनिबार राजधानीमा घरजग्गा व्यवसायीले खुसीयाली मनाउँदै शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।

ट्रम्प पनि घरजग्गा व्यवसायी भएको र आफूहरुको पेशा पनि मिल्ने भएकाले सो खुसीमा कार्यक्रम गरिएको उनीहरुको भनाइ छ । कार्यक्रममा बोल्दै घरजग्गा एजेन्ट संघ नेपाल रिआनका अध्यक्ष ईश्वरप्रसाद खरेलले सरकारले गर्नुपर्ने कार्यक्रम निजी क्षेत्रले गरेर नेपाल–अमेरिका बीचको सम्बन्धलाई बलियो बनाउने प्रयास गरेको दाबी गरे ।

स्रोत: लोकान्तर

Comments

comments

Leave a Reply

%d bloggers like this: