Wednesday, November 22, 2017
Home > नेपाली समाचारहरु > समाचार > प्रेमीसित छुटाउन खोज्दा जिल्ला प्रहरी कार्यालयको हातामै प्रेमिकाले गरिन् विष सेवन

प्रेमीसित छुटाउन खोज्दा जिल्ला प्रहरी कार्यालयको हातामै प्रेमिकाले गरिन् विष सेवन

suicide

माघ ११, २०७३- आफूले प्रेम गरेका युवकसित छुटाएको भन्दै एक किशोरीले मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरी भित्रै विष सेवन गरी आत्महत्याको प्रयास गरेकी छन् ।

विष सेवनबाट गम्भिर उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल असपतालमा उपचार हुन नसकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका–१० की १७ वर्षीय ती किशोरीले आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका निरिक्षक विजय श्रेष्ठले जानकारी दिए । लामो समयदेखि प्रेम सम्बन्ध रहेका स्थानिय १८ वर्षीय युवकसित एकसाता अघि भागेपछि खोजीमा सक्रिय युवाका परिवारले सोमबार राजधानीबाट उनलाई राजविराज ल्याएको थियो ।

मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा दुवैका अभिभावकलाई राखेर छलफल गरी उमेर नपुगेकाले दुवैलाई अभिभावकको जिम्मा लगाउने बितिकै किशोरीले पिसाब लागेको भन्दै प्रहरी कार्यालयको शौचालयमा गएर नाम खुल्न नसकेको विष सेवन गरेकी थिइन् । उक्त विष उनले प्रहरी कार्यालय प्रवेश गर्दा सँगै ल्याएको प्रहरीले जनाएको छ ।

‘केटाकेटीलाई आ–आफना अभिभावकको जिम्मा लगाउने बितिकै किशोरीले विष सेवन गरिन्,’ प्रहरी निरिक्षक श्रेष्ठले भने । विष सेवन गरेकी किशोरीलाई प्रहरीले तत्कालै गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज पुर्‍याएको थियो । प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई धरान पठाईएको प्रहरी निरिक्षक श्रेष्ठले जनाए ।

श्रोत: कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: