Saturday, September 23, 2017
Home > नेपाली समाचारहरु > समाचार > भारतीय वैज्ञानिकहरुले सगरमाथाको उचाई नाप्ने

भारतीय वैज्ञानिकहरुले सगरमाथाको उचाई नाप्ने

माघ ११, २०७३- गत वर्ष वैशाखमा गएको विनाशकारी भूकम्पले सर्वोच्च शिखर सगरमाथाको उचाई घटबढ भए नभएको जान्न भारतीय वैज्ञानिकहरुले यसको उचाइ नाप्ने भएका छन् ।

भूकम्पका कारण सगरमाथाको उचाइ घटेको स्याटेलाइट तथ्यांकमा देखिएको थियो । आधिकारीकरुपमा सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर छ । गत वर्ष वैशाखमा गएको ७ दशमलब ८ रेक्टरको विनाशकारी भूकम्पले नेपालमा हजारौंको ज्यान गएको थियो ।

भारतीय सर्वेक्षण संस्थाका प्रमुख स्वर्ण सुब्बा रावले भूकम्पले सगरमाथाको उचाई घटाएको बारे वैज्ञानिकहरुबीच रहेको द्विविधि निक्र्यौल गर्न टोली पठाइने बताए ।

‘हामीले सगरमाथाको पुर्नमापन गर्नेछौं’, रावलाई उद्धृत गर्दै भारतीय सरकारी समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियाले लेखेको छ,‘टोलीले दुई महिनामा काम सुरु गर्नेछ ।’

‘भूकम्प गएको दुई वर्ष भइसकेको छ तर वैज्ञानिकहरुमाझ सगरमाथाको उचाई घटे नघटेको द्विविधा कायमै छ ।’

काम सुरु गरेको डेढ महिनामा सगरमाथाको उचाईबारे तथ्यांक सार्वजनिक हुनेछ ।

अर्का अधिकारीले एफपीलाई जानकारी दिए अनुसार ५ सदस्यीय टोलीले यो जाडोको अन्तिमतिर मापनको काम थाल्नेछ ।

श्रोत: कान्तिपुर

Comments

comments

Leave a Reply

%d bloggers like this: