Sunday, December 17, 2017
Home > नेपाली समाचारहरु > समाचार > भारतीय एयरमार्सल राख्न पाईदैन-लम्पसारबादी चाहिँदैन

भारतीय एयरमार्सल राख्न पाईदैन-लम्पसारबादी चाहिँदैन

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा नागरिक उडड्यन प्राधिकरणको उच्च अधिकारले भारत गएर बिदेशी एयर मार्सललाई राख्न स्वीकृत दिने गरि गरिएको सम्झौता राष्ट्रको हितमा छैन।त्यो राष्ट्रघाती सम्झौता तत्काल खारेज गर्नुपर्छ।

अन्तर्राष्ट्रिय बिमान स्थल जस्तो संबेदनसिल ठाउँको सुरक्षाको जिम्मा भारतीय वायु सेनालाई दिनु भनेको सिरानीमा बम राखेर सुत्नु जस्तै हो।भारतले नेपालको आन्तरिक मामिलामा एक पछि अर्को हस्तक्षेप बढाउदै लगेको बर्तमान अबस्था भारती एयरमार्सल राख्नु नेपालको सुरक्षा चुनौती थप्नु हो।

देशको एक मात्र अन्तर्राष्ट्रिय विमान स्थलको सुरक्षा गर्ने नसक्ने भए ती बर्दीधारी १ लाख नेपाली सेना झन्डै डेढ लाख प्रहरीको के काम ।नेपालको सेनाले शान्ती मिसनमा गएर कङ्गो, हाइटी, इजरायल,इराक,अफगानिस्तान इत्यादी देशको सुरक्षा गर्ने सक्छ भनेमातृभुमीको अति संबेदनसिल ठाउँ अन्तर्राष्ट्रिय विमान स्थलको सुरक्षा किन गर्न सक्दैन।लगातार राष्ट्रियता माथि प्रहार भई रहदा नेपाली सेना के हेरेर बसेको छ। सेनाको काम तलब भत्ता पचाउने ब्यारेकमा बस्ने मात्रै हो र? सिके राउतले खुलम खुल्ला देश टुक्राउछु भन्दा सेनाले किन कुनै प्रतिक्रिया दिदैन कहिले सम्म आदेश कुरेर बस्ने आदेश,आदेश भन्दा भन्दै जादेश हुन लागि सक्यो।

नेपालको एयर मार्सल हुदा त किलोको किलो अबैध सुन तस्कर हुन्छ। अबैध लागुप्रदार्थ भित्रन्छ भन्ने भारती सेनाको ब्यारेक त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा राखिन्छ भन्ने राष्ट्रको लागि नोक्सान हुने काम हुँदैन भनेर के ग्यारेन्टी लिन सकिन्छ ? भारतीय वायु सेनालाई अहिले ठाउँ थियौ भने बिस्तारै बिस्तारै ब्यारेक बनाउछ।नेपाललाई कब्जा गर्छ।यो एयर मार्सल राख्ने रणनीति बिस्तारै नेपाललाई भारती पासोमा पार्ने जाल हो । यो सम्झौता तल्काल खारेज हुनु पर्छ भारती दबाबको कारण पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सह-सचिब धिमिरेले राष्ट्रघाती सम्झौता गरेर आएका छ्न। यो नेपाल र नेपालीकि हितमा छैन।असमानजनक सम्झौता भारतको हितमा र नेपालको अहितमा छ।

पुर्खाले बनाइ दिएको अन्तर्राष्ट्रिय विमान स्थलको स्तर उन्नति गर्नु त कता हो कता अझै भारती एयर मार्सल राख्न अनुमति दिन्छौ । ए नेपाली आमाको नालायक सन्तान हो यति सम्म लम्पसार नपर भोलिको पुस्ताले तिम्रा लासलाई सात चोटी थुकेर पालै पालो मुत्ने दिन नआओस् । किन बिस्तारबादिको पक्ष -पोषण गर्छौ।अलि अलि देश गरेर देश जिम्मा लगाउन खोज्छौ । सिधै भन हामी देश सिक्किमी करण गर्दैछौ अनि तिमीहरु दलालीको विरुद्ध हामी युद्धको तयारी गर्छौ । मुखमा राम राम बगलीमा छुरा लिएर कति दिन बस्छौं सिधै छुरा लिएर बस। हामीले पनि जानेको छौ। तिमीहरु जस्ता भारतीय कुत्ताहरुको ढाडमा टेकेर टाउको गिड्न।

अब त तिमीहरुलाई भारत बिना आची पनि नआउने भयो।कहाँ पुग्यो ‘भारतीय बिस्तारवाद मुर्दाबाद’ नारा ?अनि कहाँ गए सुरुङ युद्धको ध्वास । यहि हो सुरुङ युद्ध जनतालाई भ्रममा राखेर त्यो लडाइ कुर्सीको लागि थियो भने किन सिधै कुर्सी चाहियो भन्न सकेनौ ?किन ती निर्दोष नेपाल आमाको सन्तानको रगत र पसिना बगायौ यहि दिन देख्नको लागि थियो यी सबै नाटक।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल असुरक्षित छ।नेपाल वायु सेवा असुरक्षित छ भन्ने बाहन पारेर भारती एयर मार्सल काठमाडौंमा राख्ने अनुमति दिन पाइदैन ।त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको सुरक्षा नेपाली एयर मार्सलले नै गर्नुपर्छ विमानको सुरक्षा नेपाली वायु सेनाले गर्नुपर्छ । प्रभुलाई खुसी बनाउन राष्ट्र हित बिपरित कुनै पनि सन्धि सम्झौता नेपाल जनतालाई मान्य छैन यसको बिरोध गर्नुपर्छ र बिरोध जारी रहन्छ।
जय स्वाभीमान । एजेन्सी

Comments

comments

Leave a Reply

%d bloggers like this: