Saturday, September 23, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > मधेसका माग सम्बोधनबिना निर्वाचनको चर्चा व्यर्थ

मधेसका माग सम्बोधनबिना निर्वाचनको चर्चा व्यर्थ

जनकपुरधाम, ११ वैशाख । मधेसका माग सम्बोधनबिना स्थानीय निर्वाचनको चर्चा गर्नु व्यर्थ भएको टिप्पणी नेताहरूले गर्नुभएको छ ।

एक दैनिक पत्रिकाद्वारा आज यहाा आयोजित ‘स्थानीय निर्वाचन र स्थानीय एजेन्डा’ विषयको छलफल कार्यक्रममा नेताहरुले संविधानमा संशोधन नभएसम्म मधेसमा चुनावको वातावरण सिर्जना हुन नसक्ने जिकिर गर्नुभयो । उहााहरूले भन्नुभयो, “सङ्घीयताको मर्मविपरीत गरिएको स्थानीय तहको संरचना, सीमाङ्कन, भाषा, नागरिकता, राष्ट्रियसभालगायतका सवालको टुङ्गो नलागेसम्म स्थानीय निर्वाचनको एजेण्डामा बहसको कुनै औचित्य छैन ।”

उहााहरूले सिाचाइ, रोजगारीको अवसर, कृषि व्यवसायलाई प्राथमिकता, कृषि बजारको व्यवस्था, ढल व्यवस्थापन, जनकपुरधामलाई प्रदेशको राजधानी बनाउने पूर्वाधारको विकास, राजर्षि जनक विश्वविद्यालयको स्थापना लगायत विषय प्रमुख भएकाले यसको समाधान मधेस अधिकारसम्पन्न नभएसम्म असम्भव भएको धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाली कााग्रेस धनुषाका सभापति रामसरोज यादव, नेकपा (एमाले)का नेता राजकिशोर यादव, राष्ट्रिय जनता पार्टीका नेता परमेश्वर साह, सञ्जय सिंह, सुमनकान्त ठाकुरलगायतले मधेसका माग सम्बोधन नभएसम्म मधेस आन्दोलित रहने बताउनुभयो । रासस

Comments

comments

Leave a Reply

%d bloggers like this: