Thursday, July 20, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > गणनास्थलमा टोली थपिँदै

गणनास्थलमा टोली थपिँदै

काठमाडौँ, २ जेठ । स्थानीय तहको निर्वाचनको मतगणनामा ढिलाइ भइरहेको गुनासो सम्बोधनका लागि गणनास्थलमा आजदेखि थप टोली परिचालन हुने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार ठाउँ र आवश्यकता हेरी टोली थप्ने अधिकार सम्बन्धित निर्वाचन अधिकृतलाई हुने भएकाले त्यस्तो प्रबन्ध गरी गणना कार्यमा चुस्तता ल्याउन निर्देशन दिइएको हो । आयोगले कर्मचारी अपुग वा अन्य समस्या भएमा पनि समाधान गर्ने जनाएको छ ।

स्थानीय तहको निर्वाचनको पहिलो चरणमा गत वैशाख ३१ मा विभिन्न तीन वटा प्रदेशका २८१ तहमा भएको निर्वाचनको गणना हाल भइरहे पनि परिणाम आउन ढिलाइ भइरहेको छ । रासस

Comments

comments

Leave a Reply

%d bloggers like this: