Saturday, October 21, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > कुहेको अवस्थामा महिलाको शव जंगलमा

कुहेको अवस्थामा महिलाको शव जंगलमा

महोत्तरी, १० साउन । जंगलमा कुहेको अवस्थामा एक महिलाकोे शव आज प्रहरीले फेला पारेको छ । गौशाला नगरपालिका–१ स्थित जंगलको बीच भागमा शरीर पूरै सडेको अवस्थामा करिब २४ वर्षीया महिलाको शव प्रहरीले फेला पारेको हो ।

कुहेको र किरा फलेको अवस्थामा भेट्टाएकाले शव दुर्गन्धित भएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

शव परीक्षणका लागि जलेश्वर पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो । रासस

Comments

comments

Leave a Reply

%d bloggers like this: