Tuesday, November 21, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > रु. ६ लाखसहित एघार जुवाडे पक्राउ

रु. ६ लाखसहित एघार जुवाडे पक्राउ

भीमदत्तनगर, १० साउन । कञ्चनपुरको भीमदत्तनगरबाट प्रहरीले आज दिउँसो जुवा खेलिरहेका एघार जुवाडे पक्राउ गरेको छ ।

भीमदत्तनगरस्थित क्याम्पस रोडमा रहेको एउटा घरमा लुकिछिपी जुवा खेलिरहेको अवस्थामा प्रहरीले कञ्चनपुर, कैलाली र सुर्खेतका गरी एघार जनालाई रु पाँच लाख ९४ हजार ३२० रकमसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हिरेन्द्रबहादुर रोकाया नेतृत्वको टोलीले जुवाडेलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट तास, एक थान मोटरसाइकल र दश थान मोबाइल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी निरीक्षक रोकायाले एघार जुवाडे पक्राउ गरिएको बताउँदै उनीहरुको साथमा बरामद सामग्रीको विवरण संकलन भइरहेको जानकारी दिनुभयो । उनीहरुको समूह कैलाली र कञ्चनपुरका विभिन्न जंगलदेखि कोठा भाडामा समेत लिएर प्रहरीलाई छलेर लामो समयदेखि जुवा खेल्दै आएको प्रहरी प्रारम्भिक अनुसन्धानमा देखिएको छ । रासस

Comments

comments

Leave a Reply

%d bloggers like this: