Monday, October 23, 2017
Home > नेपाली समाचारहरु > परिकार > साबुदानाको पकौडा

साबुदानाको पकौडा

सामग्री :

साबुदाना ५ सय ग्राम, आलु ५ सय ग्राम, हरियो धनियाँ पत्ता सानो एक मूठा, हरियो खुर्सानी ३ वटा, सनफ्लावर तेल ५ सय मिलिलिटर, भुटेको जिराको धूलो ७ ग्राम ।

विधि : 

साबुदानालाई ३–४ घन्टा पानीमा भिजाउने । आलु पाक्ने गरी उसिन्ने र सेलाएपछि बोक्रा ताछ्ने । साबुदानालाई पानीबाट उतार्ने, आलुसँग मुछ्ने र धनियाँ पत्ता, खुर्सानीको टुक्रा, नुन र भुटेको जिराको धूलो मिसाएर मोल्ने । आफ्नो इच्छाअनुसारको साइजमा डल्लो, चेप्टो वा अण्डाकार बनाउने । कराहीमा तताइएको तेलमा डिप फ्राई गर्ने । आगोलाई मधुरो आँचमा पकाउने । खैरो रंगको भएपछि निकालेर दहीको अचारसँग खाने ।

 

स्रोत: नारी

Comments

comments

Leave a Reply

%d bloggers like this: