Wednesday, August 23, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > लागुऔषध कारोबारीको मृत्यु

लागुऔषध कारोबारीको मृत्यु

ललितपुर, २३ साउन । ललितपुर महानगरपालिका–१३ कुसुन्तीमा आज अपराह्न लागुऔषध कारोबारी ४३ वर्षीय प्रवीण खत्रीको मृत्यु भएको छ ।

लागुऔषधको कारोबारमा संलग्न निज खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट आएको टोलीले खत्रीको घर घेरा हालेको थियो । आफ्नो घर घेरा हालेको थाहा पाउनासाथ खत्रीले घरको पछाडिबाट हाम फालेर भाग्ने क्रममा आफूसँग भएको पेस्तोलबाट प्रहरीतर्फ फायर गरे पनि कसैलाई हानि नभएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।

प्रहरीका अनुसार खत्रीले आफ्नो दायाँ हातमा भएको पेस्तोलले आफ्नै कञ्चटमा हानेको अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीले चलाएको गोली खत्रीको घुँडाभन्दा तल लागेको प्रहरीले बताएको छ । घाइते खत्रीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अभियुक्त खत्रीका साथबाट दुई पेस्तोल बरामद गरिएको बताइएको छ ।

रासस

Comments

comments

Leave a Reply

%d bloggers like this: