Monday, October 23, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > मेक्सिकोमा भूकम्पबाट मृत्युहुनेहरुको संख्या करिब तीन सय

मेक्सिकोमा भूकम्पबाट मृत्युहुनेहरुको संख्या करिब तीन सय

मेक्सिको सिटी  मेक्सिकोमा गत मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या करिब तीन सय पुगेको छ । राष्ट्रिय नागरिक प्रवद्र्धन निकायले ७.१ म्याग्निच्युडको भूकम्पमा परी अहिले सम्म मृत्यु हुनेहरुको संख्या २ सय ९३ पुगेको शुक्रबार जनाएको छ ।

यस भूकम्पमा मारिएका व्यक्तिहरु आधा भन्दा धेरै अर्थात् १५५ जनाको राजधानी मेक्सिको सिटी रहेका छन् । त्यस बाहेक बाँकीको अन्य राज्यहरुमा रहेका छन् । मोरेलोसमा ७३, पुएब्लामा ४५ र म्याक्सीको राज्यमा १३ जनाको मृत्यु भएको छ भने गुएर्रेरोमा ६ जना र ओक्कामा एक जनाको मृत्यु भएको छ ।

खोजी तथा उद्धार कार्यमा संलग्नहरुले अव कसैलाई पनि जिवितै उद्धार गर्न पाइने संभावना न्युन रहेको बताएका छन् । यस भूकम्पका कारण मेक्सिको सहरमा मात्र अझै २०० भन्दा बढी व्यक्ति हराईरहेका बताइएको छ ।

राजधानी र अरु कैयौँ सहरमा भूकम्पको कारण भत्किएका भवनको भग्नावशेषहरु हटाउन उद्वारकर्ताहरु लागिपरेका छन् ।

स्रोत: रातोपाटी

Comments

comments

Leave a Reply

%d bloggers like this: