Monday, October 23, 2017
Home > नेपाली समाचारहरु > खेलकुद > लिगलिगे दौडको उपाधी रानाभाटलाई, मन्त्रीले लगाइदिए ‘श्रीपेच’

लिगलिगे दौडको उपाधी रानाभाटलाई, मन्त्रीले लगाइदिए ‘श्रीपेच’

लमजुङ– आठौँ ‘लिगलिगे दौड २०७४’ को उपाधि नेपाल आर्मीका खगेन्द्र रानाभाटले जितेका छन् । चेपेघाटदेखि लिगलिगकोट सम्मको निर्धारित दुरी १ घण्टा दुई मिनेटमा पार गर्दै डोटीका रानाभाटले उपाधी जितेका हुन् । रानाभाटलाई खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले श्रीपेच लगाएर नगद ५० हजारले सम्मान गरेका छन् । त्यस्तै नेपाली सेनामा कार्यरत राम्जी वस्नेत द्धितीय र कृष्ण बस्नेत तृतीय भएका छन् । उनीहरुले क्रमशः १ घण्टा ३ मिनेट र १ घण्टा ५ मिनेट २८ सेकेन्डमा निधारित दुरी पार गरेका थिए । लिगलिगकोट विकास अभियानको आयोजना भएको दौड प्रतियोगीतामा १ सय ३ जनाको सहभागीता रहेको थियो । आयोजक सस्थांका अनुसार पुरुषले १३ दशमलव ५ किलोमिटर र महिला तथा स्थानीय लिगलिगकोटबासीले ५ किलोमीटर दौडेका थिए । प्रतियोगीता द्धितीय हुनेले ३० हजार नगद र तृतीय हुनेले २५ हजार पुरस्कार पाएका छन् ।

त्यस्तै महिला तर्फ धादिङकी सन्तोसी श्रेष्ठ पहिलो भएकी छिन् । निर्धारित पाँच किलोमिटर दौड ३९ मिनेट ४८ सेकेण्डमा पार गर्दै उनी प्रथम बनेकी हुन् । ४२ मिनेट ५२ सेकेण्डमा निर्धारित दुरी पार गर्दै सानुमायाँ कार्की द्घितीय र ४८ मिनेट २८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै मिरा श्रेष्ठ तृतीय भएका छन् । स्थानीय तर्फ अमिर सिं १ घण्टा १० मिनेट ४० सेकेण्डमा निर्धारित दुरी पार गर्दै प्रथम भएका छन् । १ घण्टा १४ मिनेटमा निर्धारित दुरी पार गर्दै सुर्य बहादुर विक स्थनीय र महिला तर्फ प्रथम द्धीतीय र तृतीय हुनेले क्रमशः १५, १० र ५ हजार नगद पुरस्कार पाएका छन् ।
आँपपिपलको लिगलिगकोटमा आन्तरिक तथा वाह्य पर्यटक भित्राउन आठौँ लिगलिगे दौड आयोजना गरिएको हो । चार सय ५१ वर्ष पहिले बाइसे–चौविसे राजाको पालामा दौड जित्नेलाई राजा वनाउने परम्परालाई जिवन्त राख्दै २०६७ सालबाट ‘लिगलिगे दौड’ प्रतियोगीता शुरु गरिएको हो । तत्कालिन समयमा लिगलिगकोटमा राजा छान्न वि.स.१६०४ बाट शुरु भएको दौड १६१५ मा अन्त्य भएको इतिहासमा उल्लेख छ । शाह वंशीय राजाका संस्थापक द्रब्य शाह पनि सोहि दौडमा भाग लिएर राजा भएको इतिहासमा उल्लेख छ । सोहि दौडलाई जिवन्त राख्दै इतिहास रक्षा गर्न लिगलिगकोट विकास अभियानले दौड प्रतियागीता गरेको हो ।

स्रोत: रातोपाटी

Comments

comments

Leave a Reply

%d bloggers like this: