Home > News (Page 2)

निगमले जग्गा खरिदमा अनियमितता गरेको समितिको ठहर

काठमाडौँ, २६ भदौ । व्यवस्थापिका–संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमले तीन महिनाका लागि पेट्रोलियम पदार्थ भण्डारण गर्न खरिद गरेको जग्गामा अनियमितता भएको प्रतिवेदन पारित गरेको छ । समितिको आजको बैठकमा जग्गा अध्ययन गर्न गठित उपसमितिले स्थलगत अध्ययनपछि पेश गरेको प्रतिवेदनमा चलेको मूल्यभन्दा १० गुणा बढीसम्म तिरेर

Read More

प्रदेश नं २ मा पाँचदिने सार्वजनिक बिदा

काठमाडौँ, २६ भदौ । सरकारले प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन हुने जिल्लामा पाँच दिन सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी असोज २ मा हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि असोज ३ गतेसम्म बिदा दिने निर्णय गरेको बैठकपछि

Read More

दुर्घटनामा मृत्यु सबैको नाम ठेगाना सार्वजनिक, सडक सुधार गर्न निर्देशन प्रशासनको निर्देशन

त्रिशूली (नुवाकोट), २५ भदौ । नुवाकोटमा हिजो भएको सडक दुर्घटनामा मृत्यु भएका सबैको नाम र ठेगाना सार्वजनिक भएको छ ।  काठमाडौँबाट नुवाकोटको खरानीटारका लागि हिँडेको बस टोखा–छहरे सडक खण्डको नुवाकोटको शिवपुरी–७ ठाना भञ्ज्याङमा बा१ख ६३४८ नं को दुर्घटनामा पर्दा सात जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्

Read More

हतियारसहित भारतीय नागरिक पक्राउ

पर्सा, २५ भदौ । हतियारसहित पक्राउ परेका भारतीय नागरिकलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी एक थान कटुवा पेस्तोलसहित पक्राउ परेका भारत विहारको पूर्वी चम्पारण रक्सौलको मौजे निवासी  महम्मद शम्शेरलाई प्रहरीले सार्वजनिक गरेको हो । नियमित चेकजाँचका क्रममा शम्शेरलाई गएराति वीरगन्जको बाइपास सडकखण्डको रामटोलबाट

Read More

तैरिरहेको अवस्थामा बालकको शव फेला

खोटाङ, २९ साउन । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका सात वर्षीय रोविन राई मृत फेला परेका छन् । साउन २३ गतेदेखि हराएका राई सोही गाउँपालिका वडा नं ५ स्थित तापखोलामा मृत फेला परेका हुन् । माछा मार्न गएका स्थानीयवासीले बालकको शव खोलाको पानीमा तैरिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका

Read More

ठूलो बाढी पस्दा सौराहाका होटल डुबे !

चितवन, २९ साउन । पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् । क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका पब, रेस्टुरेन्ट र होटलहरु पानीले डुबेका हुन् । कतिपय होटलका पहिलो तलाको पूरै भागसमेत डुबानमा परेको उहाँले बताउनुभयो । सौराहामा रहेका

Read More

कम्प्युटर छिटो खुल्ने बनाउन यसो गरौँ

कहिलेकाहीँ कम्प्युटर खुल्न धेरै समय लाग्छ । कम्प्युटर चलाउन ढिलो हुँदा कम्प्युटर चलाउन नै हैरान लाग्छ । कम्प्युटरमा राखेका विभिन्न सफ्टवेयर कम्प्युटरसँगै खुल्ने हुँदा कम्प्युटरले खुल्न समय लिन्छ । हामीले सफ्टवेयर इन्स्टल गर्दा खासै ध्यान दिँदैनौँ । जसले गर्दा कम्प्युटरको अपरेटिङ सिस्टम खुल्नासाथ क्रमैसँग सफ्टवेयर खुल्न थाल्छन् । त्यसकारण कम्प्युटरको स्विच

Read More

६ विवादास्पद प्रेम कहानीः कसैले साथीको आमासँग त कसैले श्रीमतीसँग राखे सम्बन्ध

खेलको दुनियाँमा एकातर्फ साथीको विभिन्न जोडी चर्चित रहेको छ भने कोहीले साथीको नामलाई बदनाम गरेका छन् । केही नाम यस्ता छन् जसले साथीको नाममा यस्ता धोका र घाउ दिएका छन् जुन बिर्सन सजिलो छैन । उदाहरणका लागि भारतीय क्रिकेटर दिनेश कार्तिक र मुरली विजयलाई लिन सकिन्छ । दिनेश कार्तिककी श्रीमती

Read More

पेस्तोलसहित दुई पक्राउ

तनहुँ, २४ साउन । दमौली बजारबाट आज प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा व्यास नपा–१० का रवीन्द्र विन्द्र गिरी र लम्जुङ मध्यनेपाल नगरपालिका–१ का शिवराज गिरी छन् । शिवराज गिरीले चलाएको ना ४४ प ४१६५ नम्बरको मोटरसाइकललाई पोखराबाट दमौली आउने क्रममा मादीपुल नजिक पृथ्वीराजमार्ग सडकखण्डमा सुरक्षामा खटिएका प्रहरीले जाँच

Read More

भारतीय प्रहरीको कडा जाँचले ढुवानी प्रभावित

भारतीय अर्धसैनिक बल (एसएसबी)ले नेपाल भारत सिमा नाका सुनौलीमा नेपालबाट भारततर्फ जाने मालवाहक गाडीमाथि कडा जाँच गर्न थालेपछि ढुवानी प्रक्रिया प्रभावित बनेको छ । नेपालकै दोस्रो ठूलो भन्सार नाका बेलहियामा भारतीय एसएसबीले सुरक्षाको नाममा नेपालबाट भारततर्फ जाने सर्वसाधारण यात्रु तथा सवारीसाधनलाई कडा रुपमा जाँच गर्न थालेपछि उनीहरुलाई सास्ती हुन थालेका छन्

Read More