पार्किङको व्यवस्था नहुनेका कारण देखाउन सर्वोच्चको आदेश

काठमाडौँ, १६ जेठ । सर्वोच्च अदालतले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका उपयुक्त स्थानमा पार्किङको व्यवस्था नगर्नुको कारणसहित लिखित जवाफ सरकारसँग माग गरेको छ । न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको एकल इजलासले आज सरकारका नाममा कारण देखाउ आदेशसहित अग्राधिकार दिएर लिखित जवाफ माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतलाई

Read More

जथाभावी बाटो काट्ने तीन हजार ३४८ जना पैदल यात्रु आज कारबाहीमा

आजबाट जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषणा गरेअनुरुप उनीहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख नायब महानिरीक्षक मिङ्मार लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कारबाहीमा परेकामध्ये दुई हजार १२० जनाले रु २०० का दरले जरिवाना तिरे भने बाँकी एक हजार २२८ जनाले ट्राफिक प्रहरीले दिने जनचेतना

Read More

स्थानीय निर्वाचन – २०७४ (पहिलो चरण) मत परिणाम: (कुल विजयी हालसम्म)

काठमाडौँ, २ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना विभिन्न जिल्लामा जारी छ । मत परिणाम आउने क्रम सुरु भएको छ । आज अपराह्न १ बजेसम्म मत गणनाको परिणाम यहाँ दिइएको छ । दलगत आधारमा १. नेपाली काँग्रेस:  प्रमुख÷अध्यक्ष–६, उपप्रमुख÷उपाध्यक्ष : ७ २. नेकपा (एमाले):  प्रमुख÷अध्यक्ष–८, उपप्रमुख÷उपाध्यक्ष : ७ ३. नेकपा (माओवादी केन्द्र):  प्रमुख÷अध्यक्ष–४,

Read More

गणनास्थलमा टोली थपिँदै

काठमाडौँ, २ जेठ । स्थानीय तहको निर्वाचनको मतगणनामा ढिलाइ भइरहेको गुनासो सम्बोधनका लागि गणनास्थलमा आजदेखि थप टोली परिचालन हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार ठाउँ र आवश्यकता हेरी टोली थप्ने अधिकार सम्बन्धित निर्वाचन अधिकृतलाई हुने भएकाले त्यस्तो प्रबन्ध गरी गणना कार्यमा चुस्तता ल्याउन निर्देशन दिइएको हो ।

Read More

चितवन कालिका नगरपालिका–११ मा मतदान सन्पन्न, ८१ प्रतिशत मत खस्यो

रत्ननगर (चितवन), २ जेठ । पूर्वी चितवनको कालिका नगरपालिकामा आज मतदान सम्पन्न भएको छ । चट्याङ लागेर उम्मेदवारको मृत्यु भएपछि स्थगित भएको चितवनको कालिका नगरपालिका–११ मा आज शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको मतदान अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त वडामा ८२० मतदाता रहेकामा ६६४ मत(८१ प्रतिशत) खसेको शर्माले जानकारी

Read More

राष्ट्रपति भण्डारी आज स्वदेश फर्कनु हुने

(शीतलप्रसाद महतो) कोलोम्बो (श्रीलङ्का), २ जेठ । श्रीलङ्का र थाइल्यान्ड गरी पाँचदिने औपचारिक भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु हुने भएको छ । गत वैशाख २९ गते थाइल्यान्डको बैङ्कक पुग्नुभएकी राष्ट्रपति भण्डारी सोही दिन साँझ थाइल्यान्डस्थित ग्रान्ड प्यालेसमा राखिएकोे स्वर्गीय थाई राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा

Read More

अल्ट्रा धाविका मीरा राईलाई सम्मान

इटहरी, १२ वैशाख । किरात मञ्च नेपालको आयोजनामा इटहरीस्थित तयारारिप्ची सभा भवनमा सोमबार आयोजित कार्यक्रममा विश्व अल्ट्रा धाविका मीरा राईलाई नगदसहित सम्मान गरिएको छ । किरात राई यायोक्खाको तयारारिप्ची भवनमा भएको सम्मान कार्यक्रममा पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किरातीले उक्त नगद पुरस्कारसहित सम्मानपत्रबाट मीरा राईलाई सम्मान गरिएको हो । नेता

Read More

मुसहर बालबालिका विद्यालय जाँदैनन्

पथरी (मोरङ), १२ वैशाख । घरकै छेउमा विद्यालय छ । तर, मोरङको बाहुनी–बनौलमा बसोबास गर्ने मुसहर समुदायका बालबालिका विद्यालय जाँदैनन् । गाउँको विद्यालयमा नाम लेखाएका पनि हजुरआमा हजुरबुबालाई काम सघाउनु पर्ने भएकाले विद्यालय जान पाउँदैनन् । मोरङको बाहुनी सोमबारेकी अन्जना ऋषिदेव १० वर्ष पुग्नुभयो । तर उहाँले विद्यालय देख्नुभएको छैन । उहाँ

Read More

मधेसका माग सम्बोधनबिना निर्वाचनको चर्चा व्यर्थ

जनकपुरधाम, ११ वैशाख । मधेसका माग सम्बोधनबिना स्थानीय निर्वाचनको चर्चा गर्नु व्यर्थ भएको टिप्पणी नेताहरूले गर्नुभएको छ । एक दैनिक पत्रिकाद्वारा आज यहाा आयोजित ‘स्थानीय निर्वाचन र स्थानीय एजेन्डा’ विषयको छलफल कार्यक्रममा नेताहरुले संविधानमा संशोधन नभएसम्म मधेसमा चुनावको वातावरण सिर्जना हुन नसक्ने जिकिर गर्नुभयो । उहााहरूले भन्नुभयो, “सङ्घीयताको मर्मविपरीत गरिएको स्थानीय

Read More

विद्यार्थी सङ्गठनबीच झडप हुादा छ घाइते

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई विद्यार्थी सङ्गठनबीच आज दिउासो झडप हुादा छ जना घाइते भएका छन् । नेकपा(माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी) र नेकपा(एमाले) निकट अनेरास्ववियुबीच झडप हुादा क्रान्तिकारीका तीन र अनेरास्ववियुका तीन जना घाइते भएका हुन् । नयाा विद्यार्थीले कलेज प्रवेश गर्दा लगाउने टिसर्टको डिजाइनका विषयमा विवाद

Read More