तराईका पार्टीहरु ‘आन्दोलनको मनस्थितिमा’

संविधानसभाको दुई साता लामो अवरोध खुला गरेपनि बुधवार संविधान संशोधनको प्रकृया बहिष्कार गरेका तराईका पार्टीहरु आन्दोलनको मनस्थितिमा पुगेका छन्।
त्यसको निम्ति भावी रणनीति तय गर्न उनीहरुले शुक्रवारदेखि सामूहिक छलफल शुरु गर्दैछन्।
उनीहरुले प्रस्तावित विधेयकमा विगतको सहमतिको मर्म अनुरुप सुधार नगरिए संशोधनको सम्पूर्ण प्रकृयाबाट अलग हुने घोषणा गरेका छन्।
तर सरकार गठनको प्रकृयामा भने कुनै अवरोध नगर्ने मधेशी […]